विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटै प्रतिनिधिसभा र १२ वटै प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।
आइतबार बिहान १० बजेदेखि साझ ५ बजेसम्म प्रमुख राजनीतिक दलसहित साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ।
६ स्थानमा रहेका निर्वाचन अधिकृतका कार्यालयहरुमा राजनीतिक दलका नेता कार्यकर्ताहरु आयोगले जारी गरेको आचारसंहिता विपरीतका झण्डा, ब्यानरहरु सहित पुगेका थिए। कतै उम्मेदवारहरु झाँकी सहित निर्वाचन कार्यालयहरुमा पुगेका थिए।