बिहीबार, वैशाख ३१, २०८३

टिकट नपाएपछि योगेन्द्र शाहीले छाडे एमाले

नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्।

National life

उनी एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिवसमेत हुन्। दैलेख निर्वाचन क्षेत्र नम्बर-२ प्रदेश सभा (ख) का लागि शाहीको नाम सिफारिस भएको थियो। टिकट नपाएपछि एमालेको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। 

उनको स्थानमा दैलेख प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि प्रतिनिधि सभाका लागि सिफारिसमा परेका एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले टिकट पाएका छन्। शाही घनश्याम भुसाल निकट थिए।

‘एमालेले गर्ने एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा क। भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रहजस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो। यस्तै विविध कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु,’ शाहीले विज्ञप्तिमा लेखेका छन्।

प्रकाशित: Oct 09, 2022| 09:25 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।