मंगलबार, साउन १२, २०८३

आज पनि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागमा आज पनि भारी वर्षा हुने भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागमा आज पनि भारी वर्षा हुने भएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको छ। 

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

प्रकाशित: Oct 09, 2022| 09:19 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।