मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंंघीय महासचिवको आग्रह

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंंघीय महासचिवको आग्रह

पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन्। 

उनले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसङ्घ लागेको बताए। उनले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरुको पुनस्र्थापनाका लागि दाताहरुको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिएका हुन्।

उनले शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन्। पाकिस्तानको सहयोगका लागि उनले संयुक्त राष्ट्रसङ्घीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको थियो।

सो प्रस्तावलाई महासभाले पारित गरेको छ। सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरुलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ। यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ। यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरु हजारौँ व्यक्ति घाइते भएका छन्।

प्रकाशित: Oct 09, 2022| 05:55 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।