मंगलबार, फागुन १९, २०८२

इरानले रुसलाई हतियार पठाएको छैन : विदेशमन्त्री

रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

तेहरान- इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ। इरानका विदेशमन्त्रीले सो कुरा बताउनुभएको हो। रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो। 

 इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उहाँका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराउनुभएको हो। अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार पठाउने कुनै पनि योजना छैन भन्नुभएको इरानी विदेश मन्त्रालयले जनाएको छ। 

युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो। हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताउनुभएको थियो। 

 यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ। सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन्। अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन्। 


प्रकाशित: Oct 09, 2022| 05:00 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।