बुधबार, वैशाख ९, २०८३

नाइजेरियामा बाढीमा परी २४ जनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

नाइजेरिया- नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन्।

National life

विस्थापितहरुलाई विद्यालयलगायतका विभिन्न अस्थायी शिविरहरुमा राखिएको यहाँको सरकारले जनाएको छ। यस वर्षको मनसुनी वर्षाका कारण उनीहरु विस्थापित भएका हुन्।

नाइजेरियाको विपद् व्यवस्थापन केन्द्रले शुक्रबार दिएको जानकारीअनुसार यहाँको उक्त राज्यका १६ हजार छ सय २५ ओटा घरमा सो बाढीले क्षति पुर्‍याएको थियो।

यस वर्षको मनसुनी वर्षाका कारण यहाँका कम्तीमा पनि ३४ जिल्लामा क्षति पुर्‍याएको सो केन्द्रले जनाएको छ। अहिले पनि मनसुनी वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले सूचित गरेका छन्। 

प्रकाशित: Oct 09, 2022| 00:15 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।