मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

यमन- सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।

हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकू पठाएका थिए। यस क्षेत्रमा धेरै घन्टासम्म झडप भएको स्थानीय सैन्य स्रोतले नाम नछाप्ने सर्तमा भनेका समाचारमा जनाइएको छ। 

सरकारी सेनाले छ जना हुथी आक्रमणकारीलाई मारेको र आफ्ना चार सैनिकलाई गुमाएका उनले थप जानकारी दिएका थिए।

जमिनमा सैन्य प्रगति गर्न असफल भएपछि, हुथी अब विद्रोही–नियन्त्रित प्रान्त अल–बायदा नजिकैको याफेया क्षेत्र वरपरका मुख्य साइटबाट पछि हट्न बाध्य भएका स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Oct 08, 2022| 23:45 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।