बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनको मुख्य चुनौती उर्जा सुरक्षा, प्रतिरक्षा प्रणाली आवश्यक

युक्रेनको मुख्य चुनौती उर्जा सुरक्षा, प्रतिरक्षा प्रणाली आवश्यक

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार जानकारी गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार जानकारी गराएका छन्। 

National life

युरोपेली परिषद्को अनौपचारिक बैठकमा भिडियो लिंकमार्फत बोल्दै जेलेन्स्कीले युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट आफ्नो ऊर्जा सुविधाको भौतिक सुरक्षा रहेको बताए।

युक्रेनलाई आफ्नो ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमणरोक्न पर्याप्त हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको उनले बताए। 

जेलेन्स्कीले भने, 'किभका लागि अर्को चुनौती दक्षिणी युक्रेनमा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको असैन्यीकरण र यसको कार्यप्रणालीको पुनर्स्थापना हो।'

द्वन्द्वपछिको पुनर्निर्माण सरकारका लागि तेस्रो महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै युक्रेनी नेताले युक्रेनको द्रूत पुनः निर्माण योजनाअन्तर्गत काम गर्न थालिसकेका देशहरूप्रति कृतज्ञता व्यक्त गरे। 

kumari

युक्रेनको अवस्थाका साथै ऊर्जा र आर्थिक विषयमा छलफल गर्न चेक रिपब्लिकको प्रागमा युरोपेली परिषद्को अनौपचारिक बैठक शुक्रबार बसेको थियो।

प्रकाशित: Oct 09, 2022| 05:25 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।