मंगलबार, मंसिर १६, २०८२

टीकालगत्तै सिट भागबण्डा टुंग्याउन जुटे पाँच दलका शीर्ष नेता

निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंगो लगाउने बताइएको छ।

गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाइरहेका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी दिइरहेको छ। कांग्रेसले सय सिट पाउनुपर्ने आवाज पार्टीभित्रै चर्को रुपमा उठिरहेको छ।

आगामी मंसिर ४ गते हुने चुनावको सिट भागबण्डाका लागि गत साउन २० गते कार्यदल गठन गरेर गठबन्धनले लगातार छलफल गरिरहेको भए पनि हालसम्म टुंगोमा पुग्न सकेको छैन। हिजो दसैंको टीकाको दिन पनि नेताहरु छलफलमा जुटेका थिए।

प्रकाशित: Oct 06, 2022| 10:29 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...