मंगलबार, साउन १२, २०८३

कोसी कटानमा ३३ बोकाको बलि

बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ। 

बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए। स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको बताइएको छ।

यसैबीच बडादसैँको अवसरमा सुनसरीको विभिन्न ठाउँमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा पनि मेला लागेको छ। 

सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाट, इनरुवा ९ बवीया, कोसी कटान, कोसी गाउँपालिका–६ श्रीपुरजब्दी, हरिपुर, भण्टावारी, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर, देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा निर्माण गरिएको मन्दिरमा पूजा गर्न भक्तजनको भीड लागेको थियो।

मेला लागेको ठाउँमा राति सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ।

प्रकाशित: Oct 05, 2022| 09:50 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।