बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले सर्वसाधरणलाई दसैंको टीका लगाउने, यस्तो छ तालिका

राष्ट्रपतिले सर्वसाधरणलाई दसैंको टीका लगाउने, यस्तो छ तालिका

वैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई आज विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छिन्। 

National life

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ। टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।

२०७९ सालको बडा दसैंको साइत असोज १९ गते ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ। समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११:५१ टिका लगाउँदा उत्तम हुनेछ। आज दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त समय रहेको समितिले जनाएको छ।


प्रकाशित: Oct 05, 2022| 08:32 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।