मंगलबार, फागुन १९, २०८२

भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

नयाँ दिल्ली- भारतीय हिमालय क्षेत्रमा मंगलवार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्।

‘फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउँले बनेको चिरूवाभित्र फसेका छन्’, राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भने, ‘हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान शुरु गरिसकेका छौँ। जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ।’

उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो। -सिन्ह्वा

kumari

प्रकाशित: Oct 05, 2022| 08:25 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।