शनिबार, फागुन ३०, २०८२

डेंगुका कारण ४१ जनाले गुमाए ज्यान

हालसम्म ३१ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको सरकारी विवरण।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। तथ्यांकअनुसार अहिलेसम्म डेंगु संक्रमितको संख्या ३१ हजार नाघेको छ। 

National life

पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए। 

डेंगुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो। घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक साताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न चिकित्सकको सुझाव छ। 


प्रकाशित: Oct 04, 2022| 20:50 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्