शुक्रबार, असार ५, २०८३

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- दसैं आउनु केही दिन अगाडिदेखि नै रेडियो-टिभीमा मङ्गल धुन बज्न थाल्छ। त्यसरी बज्ने दशैं गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ।

National life

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ। 

विछोडको पिडा नसकी खप्न दसैंको बेलामा...

दसैँसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ। कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ।

यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो। सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए। त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत। रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दशैंमा बजाउने गरेका छन्।

Shivam cement

नमुछे आमा दहीमा टीका...

दसैँआउनेबित्तिकै रेडियो-टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ। नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो। भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए। नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ।

दसैँ नै हो कि यो मेरो दशा फर्किआएको...

यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो। योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ। बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ। न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए। विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैँको परिचय जस्तै बनेको छ। 

यसपाली दसैँमा ठूलो दाजु आउने रे...

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैंसम्बन्धी गीतको अर्को चर्चित गीत हो। कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन्। कुल पोखरेललाई दसैंमा मज्जाले सम्झाउने गीत हो यो। नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन्।

यो दसैँमा म घर आइन...

नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ। एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन्। लोकदोहोरी मन नपराउनेले पनि यो गीत दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन्।  परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ।  

रातो टीका दसैँको जमरा...

नेपाली चलचित्रमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ। मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ। नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैंमा उत्तिकै बज्ने गर्दछ। 

दसैँ आयो...

नेपाली चलचित्र मुग्लानमा रहेको दसैं आयो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतमा पर्दछ। पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो। सुन्न मात्र होइन दसैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन्।

वर्ष र दिनमा लै लै...

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो। रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दसैँ गीतको फरक स्वाद लिने गरेका छन्। दसैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन्। नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ।

थालैभरि रातो रातो अक्षता र पाती...

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित  चर्चामा छ। रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन्। दसैँमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरू समेटिएको गिरीको यो गीत पनि दसैँ गीतमा रुचाइएको गीत हो।  

पर्देशबाट फरिया ल्याइ दिउँला...

शिव थापा मगरको स्वर, शब्द, सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो। उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैँमा धेरैले सुन्न थालेका छन्। 

प्रकाशित: Oct 04, 2022| 13:55 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।