मंगलबार, पुस २९, २०८२

पोखरामा राष्ट्रिय खेलकुदको त्यस्तो जोश र उत्साह कहाँ हरायो?

खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे भए पनि अञ्‍चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि पाएका थिए।
 |  बिहीबार, असोज २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, असोज २०, २०७९

पोखरा- नेपालमा २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुदको आयेजना भएको थियो। त्यसैको अर्को संस्करण, २०४० सालमा पोखरामा सम्पन्‍न भयो। ठिक ३९ वर्षपछि फेरि पोखराले राष्ट्रिय खेलकुदको आयोजना गर्ने जिम्मेवारी पाएको छ। र, अब राष्ट्रिय खेलकुद यही असोजको २८ गतेबाट सुरु हुँदैछ।

National life

राष्ट्रिय खेलकुदको त्यो आयोजना र यो आयोजनाका धेरै फरक र समानता छन्। उतिबेला आयोजनाका लागि पोखरेली परिवारले धेरै सहयोग गरे। तर आज तिनै पोखरेलीमा नवौं राष्ट्रिय खेलकुदप्रति खासै चासो नभएको देख्छन्, खेलकर्मी खेम बहादुर गुरुङ।

उतिबेला सबै पोखरेलीको मुहारमा उत्साह देखेका थिए, खेमले। ‘अहिले हुने लागेको खेलकुदमा मैले त्यस्तो, जोश, उत्साह देखेको छैन। प्रतियोगिताबारे पोखरेलीलाई ज्ञान भएको मैले महुसुस नै गरेको छैन्। यहाँ राष्ट्रिय खेलकुद हुँदैछ, सबैले सहयोग गर्नुपर्छ भन्‍ने भावनाको जागरण पोखरेलीलाई गराउनु आयोजकको कर्तव्य हुन्छ। त्यो गराउन सकेको छैन,’ खेमबहादुरले कुराकानीको सुरुमै भनिहाले।

त्यसो त यो विषयमा प्रदेशका पूर्व खेलकुद मन्त्री राजिव गुरुङले पनि आलोचना गरिसकेका छन्। खेम त्यसमा सहमत देखिए।

खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे  भए पनि अञ्‍चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि पाएका थिए।

Laxmi sunrise bank
kumari

३९ वर्ष अघिको त्यो खेलकुदका धेरै कुरा आज पनि सम्झन्छन्। ‘धेरै त बिर्सिसकियो होला,’ यसो भन्दै खेमले आफ्ना कुरा सुरु गरे। पञ्चायत कालको अन्तिम दशकतिर जनसंख्याको आधारमा सानै थियो पोखरा। त्यतिबेला दोस्रो राष्ट्रिय खेलकुद गर्दाखेरी सदस्य सचिव सरच्चन्द्र शाह र अञ्‍चलाधीश चौधरी थिए।

खेमलाई सम्झना छ, त्यो बेला खेलकुदको पूर्वाधार कहि बनेका थिएनन्। फुटबल खेल्नुपर्दा पृथ्वीनारायण क्याम्पस जानुपर्ने बाध्यता थियो। २०४० सालको खेलकुदको आयोजना हुने भएपछि पोखरा रंगशाला निर्माणतर्फ सुरु गरिएको हो। त्यही बेलामा पूर्वपट्टी दर्शक बस्ने प्यारापिट र पश्चिमतर्फ भीआईपीए प्यारापिटको डिजाइन र निर्माण भयो।

‘हामीले त्यो सबै काम उधारोमा गरेको हो। किनभने पैसा नै हुँदैन थियो। देशबाट सीधा पैसा आइरहने हुन्थेन। यद्यपि त्यो रंगाशालाले ३७ वर्षसम्म पोखराको खेलकुद धानेको छ। त्यतिमात्र होइन यसले पश्चिमाञ्चलकै खेलकुद धान्‍न सकेको हो,’ उनले जोड दिए। 

त्यति लामो समय खेलकुद धानेको पोखरा रंगशालाको थप निर्माण भएको आज दुई वर्ष त भएको छ। त्यसैले उनले तत्कालीन पूर्वाधारले ३७ वर्षसम्म धानिरहेको महसुस गरेको बताए। उनले नेपालको मात्रै होइन, धेरै देशको खेलकुद देखेका छन्।

उनी भन्छन्, ‘जब कुनै सहरमा ओलम्पिक, वर्ल्डकपजस्ता प्रतियोगिता हुन्छन्। त्यो बेला बनाएको संरचनाले उसको भविष्य तय गरिरहेको हुन्छ। तर हाम्रोमा नवौं राष्ट्रिय खेलकुद गर्ने भनेको छ, अहिलेसम्म एउटा पनि पूर्वाधार यसका लागि बनाएको छैन। त्यति मात्र होइन, अधुरो संरचनासमेत पूरा भएको छैन्।’

उनी अगाडि भन्छन्, ‘सम्भवतः यो केन्द्रको निस्क्रियताले हुनुपर्छ। स्थानीय सक्रियता नभएर पनि हुनसक्छ। तर, नयाँ पूर्वाधार बन्‍नुपर्‍यो नि? राष्ट्रिय खेलकुदको आयोजना गर्ने भनेको छ, त्यसले आयोजक प्रदेशलाई कुनै फाइदा भएको बुझिनँ मैले।’

पोखराको राष्ट्रिय खेलकुदको माहोल तयारी भइसक्नु पर्ने अवस्थामा पनि केहि नहुँदा यो प्रतियोगिताको आयोजना गर्ने साथीहरुले भत्ता पचाउन गरेको त होइन? भन्ने प्रश्नले खेमलाई आजभोलि सताउन थालिसकेको छ।

३९ वर्षअघिको राष्ट्रिय खेलकदुमा त सबैले विना पैसा, बरु आफैं लगानी गरेर सहयोग गरेका थिए। त्यो बेलामा गण्डकी अञ्चलको प्रतिष्ठाको विषयमा आयोजकले यो गर्नेछ भन्ने थियो। ‘गण्डकी अञ्चलका मानिसले सहयोग गुर्नपर्छ भन्ने भावनाका साथ अति भव्यतापूर्वक सम्पन्न गरेको हो,’ यस्तो कुराहरु खेमको मानसपटलमा आज पनि घुमिरहन्छ। 

उनी उद्घाटनको प्रसंग त कहिल्यै पनि भुल्दैनन्। 'राजा विरेन्द्रबाट उद्घाटन गर्ने कार्यक्रम थियो। राति २ बजेसम्म निर्माण समितिको मानिसहरु बसेर भीआईपी प्यारापिटको निर्माण गरेका थिए। बजेट र समयको अभावका कारण गर्न सकिरहेका थिएन। भीआइईपी प्यारापिटमा रंगरोगन राति नै गरेर भोलिपल्ट खेल खेलाएको हो। भनेपछि त्यो किसिमको जोश थियो,’ उनले भने।

त्यसो त खेमबहादुरले राष्ट्रिय टिमबाट फुटबल पनि खेले। त्यहाँ पनि उनले खेलाडीलाई कसरी राख्‍ने भनेर देखेका थिए। पोखरामा त्यतिबेला गर्जो टार्न पनि धौधौ पर्ने अवस्था थियो। अहिलेको जस्तो फेवाताल, लेकसाइडमा होटेलको व्यवस्था थिएन। खेलाडीहरुलाई महेन्द्र पुलमा राख्‍ने व्यवस्था गरिएको खेमबहादुर बताउँछन्। 

‘बजारभरी नै खलाडीको ठूलो जमघट हुने गर्दथ्यो। खेलाडीको ओहिरो लागेको देखिन्थ्यो। पोखरेलीहरु पनि यसले दंग पर्थे। धेरै खेलाडी ओहोरदोहोर गर्दा खेल सञ्चालन गर्ने पूर्वाधारका रुपमा पृथ्वीनारायण क्याम्पसलाई पनि प्रयोग गरेको हो,’ उनले खेलकुद सम्झिए।

उनलाई लाग्छ सम्भवत त्यो भन्दा वृहत कार्यक्रम पोखरामा त्यसअघि कहिले पनि भएकै थिएन।

पूर्वाधारको निर्माण

प्रकाशित: Oct 06, 2022| 13:38 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।