बिहीबार, भदौ १९, २०८२

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 |  बिहीबार, भदौ १९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

vianetvianet

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।

Kumaribank

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशलगायत केही स्थानमा हुरी चल्ने सम्भावना छ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र बाँकी भागका केही स्थानमा आंशिक बदली हुनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।

Metro Mart

प्रकाशित: Sep 04, 2025| 06:56 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्