शनिबार, साउन २, २०८३

यस्तो छ आजको राशिफल [२०८२ भदौ १९ गते]

 |  बिहीबार, भदौ १९, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, भदौ १९, २०८२

मेष
आम्दानी सामान्य मात्र हुनेछ। खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन। मेहनत गर्दा अवसर भने पाइनेछ।

वृष
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ। सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयास गर्दा भाग्यले साथ दिनेछ।

मिथुन
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ।

कर्कट
रमाइलो यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ।

सिंह
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन।

कन्या
मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। परिवारजनबाट काममा सहयोग जुट्नेछ। साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला 
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ।

धनु
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। परोपकारी काममा रुची बढ्नेछ। सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। मन खुसि हुनेछ।

मकर
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

कुम्भ
मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ।

मीन
बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ।

प्रकाशित: Sep 04, 2025| 06:12 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्