आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ।

बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो। सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो।

 

 

प्रकाशित: Sep 04, 2025| 15:00 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्