शुक्रबार, भदौ १२, २०८३

हाम्रो पात्रोले दियो दर्ता हुन निवेदन

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने तयारी गरेपछि ‘हाम्रो पात्रो’ले दर्ता हुनका लागि निवेदन दिएको छ।

सरकारले बन्द गर्न लागेका २६ सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो पनि थियो।

हाम्रो पात्रोका प्रतिनिधिले इमेलमार्फत दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाएको सूचना तथा सञ्चार मन्त्रालयले बताएको छ।

सरकारले दर्ता प्रक्रियामा नआएपछि बिहीबार फेसबुक, इन्स्टाग्राम, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको थियो। नेपाली एप हाम्रो पात्रो पनि बन्द हुने सूचीमा थियो।

फेसबुकको माउ कम्पनी मेटाले पनि नेपालमा दर्ता हुनेबारे आवश्यक प्रक्रिया र कागजातको विवरण माग्दै इमेल गरेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका हुन्।

प्रकाशित: Sep 04, 2025| 20:40 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्