बिहीबार, वैशाख ३१, २०८३

शुभ साइतको टीका लगाइयो, पूर्णिमासम्मै लगाइने

नेपालीहरुको महान चाड विजयादशमीमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैं मनाउने गर्छन्।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- दसैंको मुख्य दिन विजया दशमी बुधबार मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दसैं मनाउँदै छन्।

National life

नेपालीहरुको महान चाड विजयादशमीमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैं मनाउने गर्छन्। 

बुधबार बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको शुभ साइतमा टीका लगाइएको हो। दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान ११:५१ मा शुभ साइत रहेको थियो। 

घटस्थापनाको दिनदेखि नौ दिनसम्म घरमा राखिएको जमरासहितको टीका लगाउने र दसैंघरमा राखिएको कलशको जलको अभिषेक लिने गरिन्छ। नेपालीहरु विशेष गरेर दसैंमा पिङ खेल्ने, रमाइलो गर्ने गर्दछन्। 

प्रकाशित: Oct 05, 2022| 12:05 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।