बिहीबार, वैशाख ३१, २०८३

गुल्मीमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

रेसुंगा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

गुल्मी- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

National life

सदरमुकाम तम्घासमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै रेसुंगा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत माया कुँवरले बताइन्। मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश वसन्तराज पौडेल छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको कुँवरले जानकारी दिइन्। २ निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर–१ हेर्ने जिम्मेवारी तोकिएको छ।

निर्वाचन क्षेत्र नम्बर–२ को कार्यालय रेसुंगा नगरपालिकाको शिक्षा विकास समन्वय इकाइ कार्यालयमा स्थापना गरिएको छ।

गुल्मीमा निर्वाचनका लागि २ लाख २३ हजार ६१५ जना मतदाता छन्। यीमध्ये महिला १ ला १३ हजार २९८ रहेका छन् भने पुरुष १ लाख १० हजार ३१७ जना छन्।

जिल्लाका २ निर्वाचन र ४ प्रदेशसभा निर्वाचनका लागि २७८ वटा मतदान केन्द्र रहेका छन्।

निर्वाचन क्षेत्रअनुसार क्षेन नम्बर १ मा १ लाख १९ हजार २८८ जना मतदाता छन् भने क्षेत्रनम्बर २ मा १ लाख ४ हजार ३२७ जना मतदाता रहेका छन्।

निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १५० र क्षेत्र नम्बर २ मा १२८ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए।

प्रकाशित: Oct 04, 2022| 10:05 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।