बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डेङ्गुबाट बच्दै सचेत भएर दसैँ मनाउन सुशील कोइराला फाउन्डेसनको आह्वान

डेङ्गुबाट बच्दै सचेत भएर दसैँ मनाउन सुशील कोइराला फाउन्डेसनको आह्वान

नेपालीको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- सुशील कोइराला मेमोरियल फाउन्डेसनले डेङ्गु रोगको सङ्क्रमण बढिरहेकाले सचेततापूर्वक महान् पर्व बडादसैँ मनाउन आह्वान गरेको छ। नेपालीको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो। 

National life

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा चाडबाडको खुसियालीसँगै रोगको सङ्क्रमण बढ्न नदिन सचेत रहनुपर्नेतर्फ सबैको ध्यानाकृष्ट गराएको हो। कोरोनाको जोखिमसमेत पूर्ण रुपमा अन्त्य नभएकाले लापरबाही गर्नु नहुने फाउन्डेसनको आग्रह छ।

फाउन्डेसनले बडादसैँ, तिहार र छठलगत्तै हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएपछिको दोस्रो संसदीय निर्वाचनमा पनि अहिलेदेखि सक्रिय हुन आम जनसमुदायमा अनुरोध गरेको छ। संविधानसभाबाट जारी भएको संविधान च्यात्न केही शक्ति सक्रिय भएको देखिएकाले त्यसको संरक्षणका लागि जुट्न पनि फाउन्डेसनले लोकतन्त्रप्रेमी जनसमुदायमा आग्रह गरेको हो। संविधानको रक्षाका लागि निर्वाचनमा धेरैको सक्रिय सहभागिता आवश्यक पर्नेमा फाउन्डेसनले जोड दिएको छ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाका नामबाट खुलेको फाउन्डेसनले वर्तमान संविधानको रक्षाका लागि जनस्तरमा पुगेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। फाउन्डेसनको संरक्षकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन्। 


प्रकाशित: Oct 03, 2022| 23:50 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।