शुक्रबार, असोज २, २०८३

दसैँमा नृत्य देखाउन भारतीय सन्थाल समुदाय झापामा

दसैंको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन्।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

झापा- पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन्। दसैंको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलनका लागि उनीहरु नेपाल आएका हुन्।

पश्चिम बङ्गालको नक्सलबाडी र बतासीबाट दुई सयभन्दा बढीको सङ्ख्यामा उनीहरु झापाको भद्रपुर, धुलाबारी, बिर्तामोड, शनिश्चरेलगायतका क्षेत्रमा नृत्य देखाउन आएको समूहका विशाल बेस्राले बताए।

'वर्षौंदेखि दसैँको सप्तमीका दिनदेखि हाम्रा कला संस्कृति देखाउन नेपाल आउने गरेका छौँ,' उनले भने, 'नृत्य सन्थाल जातिको पुर्ख्यौली परम्परा हो। हाट बजार र भ्याएसम्म नेपालीको घरदैलोमै पुग्छौँ।'

पन्ध्र देखि ५० वर्ष उमेर समूहका पुरुषहरू नेपाल आएको उनले बताए। 

विभिन्न समूह बनाएर आएका उनीहरूमध्ये एक समूह बिर्तामोड, अर्को शनिश्चरे र भद्रपुरतिर बाँडिएको उनको भनाइ छ। उनले टीकाको दिनसम्म नेपाल बसेर नृत्य देखाउने उद्देश्य रहेको जानकारी दिए। रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र काँसको फूल सिउरिएर आएका उनीहरुले सन्थाल गीतमा नृत्य गर्ने गरेको बताए। 

प्रकाशित: Oct 03, 2022| 20:05 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।