बिहीबार, वैशाख ३१, २०८३

दसैँ बिदामा आन्तरिक पर्यटकको गन्तव्य मनाङ

नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ। घुमघाम गर्ने चलन बढ्न थालेको छ। विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसँैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ। घुमघाम गर्ने चलन बढ्न थालेको छ। विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन्। दसँैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ। 

National life

बिदामा घुम्न मनाङ सहज हुँदै गएको छ। मनाङमा दसैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए। 'कोभिड–१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढेका छन्। विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,' उनले भने। दसैँको बिदामा मनाङ भित्रिने आन्तरिक पर्यटक बढेको उनी बताउछन्। 

केही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन्। आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। करिब दुई वर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजनासहित भ्रमणमा आउन थालेका छन्। 

विसं २०७६ चैतदेखि नेपालका सबै संरक्षित क्षेत्र र अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो। कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन। सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ। आन्तरिक पर्यटकको रोजाइँमा मनाङ र मुस्ताङ पर्ने गरेका छन्। अहिले पर्यटक मनाङ आउने समय अनुकूल हो। यो समयमा आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुन्छ। 

तीन हजार बढी पर्यटक भित्रिए 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा चालू आर्थिक वर्षको पहिलो चौमासिक पूरा नहुँदै पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।  साउनदेखि असोज १० गतेसम्म कूल तीन हजार आठ सय १८ बाह्य पर्यटक मनाङ भित्रिएको प्रमुख गौतमले बताए। 

यस इलाकाअन्तर्गत सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रका छन्। अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेका छन्। चालू आर्थिक वर्षको असोज १० गतेसम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका १२२, अमेरिकाका १०८ र अन्य देशका ८७३ पर्यटक मनाङ घुम्न आएका छन्। 

प्रकाशित: Oct 03, 2022| 18:10 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।