बिहीबार, वैशाख ३१, २०८३

'कुछी भ्वय' खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- बडादसैंको आठौं दिन सोमबार बेलुकी नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। सो समुदायमा कुछी भ्वयको विशेष महत्त्व छ।

National life

कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अन्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभंस भएर कुछी भ्वय हुन गएको भनाइ छ।

आजै यो समुदायले घरघरमा दसंैको मासु भित्र्याएका छन्। समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएका हुन्। मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर ल्याउने प्रचलन रहेको छ। 

प्रकाशित: Oct 03, 2022| 17:45 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।