शनिबार, फागुन ३०, २०८२

कक्षा १२ को पूरक परीक्षा केन्द्र निर्धारण

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं– राष्ट्रिय परीक्षा बोडको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। परीक्षा आगामी ३०–३१ असोजमा सञ्चालन हुनेछ।

National life

कार्यालयले गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको परीक्षामा ननग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि परीक्षा केन्द्र तोकेको हो।

नतिजाअनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएकामध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउनेछ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ सहभागी भएका थिए।


प्रकाशित: Oct 03, 2022| 16:55 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्