मंगलबार, साउन १२, २०८३

एक वर्षमै थपिए २९ हजार कम्पनी

आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- अर्थ मन्त्रालयले नेपालमा कोरोना महामारीयता कम्पनी दर्ता क्रम बढेको विवरण सार्वजनिक गरेको छ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार सरकारले ल्याएका कतिपय छुट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारणसमेत यस्तो ट्रेन्ड देखिएको हो।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका हुन्।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.३ प्रतिशतले बढी हो। सो आवमा २६ हजार ४९८ वटा कम्पनी दर्ता भएका थिए।

आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ६२८ वटा कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार कोभिड महामारीपछि कम्पनी दर्ता बढेको हो।

आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा कम्पनी दर्ता ४२.२ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ।

नेपालमा प्राइभेट लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तीमा एक जनादेखि बढीमा १०१ जनासम्म र पब्लिक लिमिटेडका रुपमा कम्पनी दर्ता गर्न कम्तिमा ७ जना संस्थापक सेयरधनी रहनुपर्ने प्रावधान छ।

कम्पनी स्थापना गरिसकेपछि कम्पनीले आफ्नो उद्देश्य कार्यान्वयन गर्नुअघि अनुमति वा इजाजत लिनुपर्ने निकायबाट त्यस्तो इजाजत प्राप्त गर्नुपर्छ।

नियमनकारी निकायले कम्पनीलाई यस्तो इजाजत दिने गर्छन्। कम्पनीले अनुमति वा इजाजत लिनुअघि आन्तरिक राजस्व कार्यालयबाट स्थानीय लेखा नम्बर लिनुपर्छ।

कार्यालयका अनुसार आव २०७६/७७ मा १८,६२८, आव २०७७/७८ मा २६,४९८, आव २०७८/७९ मा २८,९५७ कम्पनी दर्ता भएका छन्।

प्रकाशित: Oct 03, 2022| 14:04 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।