मंगलबार, साउन १२, २०८३

दसैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

दसैं सुरू भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ। दसैं सुरू भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो। 

दसैंको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए। ‘आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौं,’ उनले भने, ‘दसैंमा पनि काम रोकिँदैन।’

दसैंको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले बताए। ‘न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ,’ सिल्पकारले भने, ‘आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौं।’

यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ। प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ। प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ।

आयोजना प्रमुख सिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ। 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ। विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टबाट शुरू भएको थियो। अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरू गरिएको छ।

प्रकाशित: Oct 03, 2022| 10:42 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।