बिहीबार, वैशाख ३१, २०८३

गाउँमा दसैं मनाउँन घर फर्कनेको लर्को

दसैं सुरू भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ। दसैं आएपछि घर लिपपोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

बागलुङ- रोजगारी, बसाइँसराइँ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन्।

National life

१० वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो। ११ जनाको परिवार रहेकोमा उनका पतिको मृत्यु भयो। छोराछोरी र नातिनातिना बजार झरेपछि उनी एक्लै भएकी छन्। उनी मात्रै होइन, अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् तर गाउँको खुशी दसैंसँगै फर्किएको छ। अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्।

दसैं सुरू भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ। दसैं आएपछि घर लिपपोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ। 

‘जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्,’ मैनाले भनिन्, ‘तर दशैंतिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुशी फर्किएको छ।’

यस्तै हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रूपमा बारीमा पसाएका २ घारी केरा पकाउनलाई राखेका छन्। उनले गाउँमा दशंै आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए। 

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिंगे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा वृद्धि भएको छ। 

झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ। ‘दशंैमा छोरा नाति आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिपपोत गरेर चिटिक्क छ,’ उनले भने, ‘१ वर्षसम्म बुढाबुढी मात्रै बस्दै बित्छ, दशैंतिहारमा त छोरा बुहारी र नातिनातिनासँग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं।’ 

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दशैं मनाउन फर्केकाले  सरसफाइ गरेर चिटिक्क बनाएका छन्।  अघिपछि गाउँको खुशी नै लुटिएपनि दशैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताइन्। उनले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरू बिस्तारै उजाडिँदै गएको बताइन्।

‘अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैं आएपछि गाउँ मात्रै भरिदैन गाउँको खुशी नै फर्कन्छ,’ उनले भनिन्, ‘गाउँ भरिभराउ हुन्छ, १ वर्षमा भए पनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरु समेत गाउँ फर्कन्छन्, अघिपछि शून्य गाउँ दशैं आएपछि चहलपहल हुन्छ।’

उनका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुने रमाइलोले दशैंको महत्त्वलाई झल्काउने गरेको छ। 

नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दशैं, शुभदीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहलपहल छाएको व्यपारीहरूले बताएका छन्। गाउँ जाने यातयातका साधनले धमाधम गाउँमा यात्रु ओसारिरहेका छन्।  

दसैंमा घर रातोमाटो, पहेंलोमाटो र कमेरोले लिप पोत गर्ने, बिग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुशी फर्कन्छ। – खेमराज गौतम/रासस

प्रकाशित: Oct 03, 2022| 08:15 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।