शनिबार, जेठ ३०, २०८३

भारतमा ५जी लन्च, ८ सहरमा सेवा सुरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा ५जी मोबाइल सर्भिसको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री मोदीले ५जी सेवाको उद्घाटन गरेसँगै देशका ८ सहरमा सेवा सुरु गरिएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा ५जी मोबाइल सर्भिसको औपचारिक उद्घाटन गरेका छन्। प्रधानमन्त्री मोदीले ५जी सेवाको उद्घाटन गरेसँगै देशका ८ सहरमा सेवा सुरु गरिएको छ। 

National life

आगामी वर्षसम्म यस सेवालाई विस्तार गर्दै देशभर ५जी प्रविधिको विकास गरिने पनि प्रधानमन्त्री मोदीले बताए। राजधानी नयाँ दिल्लीमा आयोजित इण्डिया मोबाइल कांग्रेस २०२२ ले यस सेवालाई सुरु गरेको हो। 

यससँगै भारतमा ५जी सेवाबाट अल्ट्रा-हाई-स्पिड इन्टरनेटको बाटो खुलेको पनि बताइएको छ। ५जीको औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो कम्पनीले पनि ५ जी सेवा सुरु गर्ने घोषणा गरेका हुन्। मित्तलले शिनबार १ अक्टोबरदेखि देशका ८ सहरमा सञ्‍चालन गरिने पनि बताए। 

जसमा दिल्ली, बैंग्लोर, मुम्बई, वाराणसीलगायतका सहरमा हाल ५जी सेवा सुरु भएको छ। सन् २०२४ सम्ममा यो सेवा पूर्णरुपमा देशभर विस्तार हुने दाबी गरिएको छ।

प्रकाशित: Oct 01, 2022| 17:36 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्