काठमाडौं– मार्सी बियर बजारमा आएको छ। टाइगर्स ब्रुअरीले मार्सी बियर उत्पादन गरेको हो।
मार्सी चामलको चौतर्फी चर्चा र ग्राहकको मागसँगै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि बजारमा ल्याइएको कम्पनीले जनाएको छ। मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारको बियर बजारमा उपलब्ध छ। कम्पनीले विज्ञप्तिमा मूल्य भने खुलाएको छैन।
३३० मिलिलिटर र ६५० मिलिलिटर बोटलमा उपलब्ध मार्सी बियर रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ। साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुने र त्यसमा अन्न आफैंको स्वाद नआउने कम्पनीको भनाइ छ।