आइतबार, असोज ४, २०८३

७ कम्पनीले मागे लघुबिमा व्यवसाय गर्ने लाइसेन्स

समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो। आवेदन दिनका लागि दुई दिन मात्रै बाँकी रहँदा आवेदन परेको समितिले जनाएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- लघुबिमा कम्पनीको लागि ७ लघुबिमा कम्पनीले आवेदन दिएका छन्। बिमा समितिमा ७ कम्पनीले लाइसेन्सका लागि आवेदन गरेको समितिले जानकारी दिएको हो। 

समितिले गत भदौ १० गते ३५ दिनभित्र लाइसेन्सको लागि आवेदन माग गरेको थियो। आवेदन दिनका लागि दुई दिन मात्रै बाँकी रहँदा आवेदन परेको समितिले जनाएको छ। 

समितिका कार्यकारी अधिकृत तथा प्रवक्ता राजुरमण पराजुलीले मंगतबार नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन दिएको जानकारी दिए।

प्रकाशित: Sep 27, 2022| 17:38 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्