शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • आठौं खेलकुदमा आठौं नै भएको प्रदेश १ ले यसपल्ट सुधार्ला प्रदर्शन?

आठौं खेलकुदमा आठौं नै भएको प्रदेश १ ले यसपल्ट सुधार्ला प्रदर्शन?

खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा भने तहल्का मच्चाउन सकेको छैन।
 |  मंगलबार, असोज ११, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असोज ११, २०७९

काठमाडौं- पछिल्लो राष्ट्रिय खेलकुदमा कमजोर प्रदर्शन गरेको प्रदेश १ ले यो वर्ष  भने गण्डकीमा सुधारिएको प्रदर्शन गर्ले लक्ष्य राखेको छ। आठौं स्थानमा सीमित हुनुपरेको पीडा यो प्रदेशले अझैसम्म भुल्न सकेको छैन। त्यसैले त उसलाई चाँडै केही गर्ने हुटहुटी छ।

triton college

त्यसो त खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा भने तहल्का मच्चाउन सकेको छैन।

राम्रा खेलाडीहरु विभागीय क्लबमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पूर्वका खेल पदाधिकारीहरुको छ। सातौं बृहत् राष्ट्रिय खेलकुद आफैंले आयोजना गर्दा पनि पूर्वले पदक तालिकामा उल्लेखनीय प्रगति गर्न सकेन। नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश एक आठौं स्थानमा सीमित भएको थियो। असोज २८ बाट गण्डकी प्रदेशमा शुरु हुने नवौं संस्करणमा भने प्रदेश एक तालिकामा फड्को मार्ने दाउमा छ। तर उसले प्रतियोगिताको उपाधि जित्ने दाबी भने गर्न सकेन।

प्रदेश एक खेलकुद विकास परिषद्का सदस्य सचिव हंसराज वाग्ले भन्छन्, 'विभागीय टोली र बागमतीपछि पाँचौं वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ।' प्रदेश १ ले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाउँदैछ। त्यसका लागि ७ सयभन्दा बढी खेलाडी दर्ता भइसकेका छन्। तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तहसम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यही असोज ८ गते  विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो। समापनकै बेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो। पौडी, गल्फ, पाराग्लाइडिङ, कराँते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास,  आर्चरीजस्ता खेलमा प्रदेश १ ले दावेदारी प्रस्तुत गर्नसक्ने पदाधिकारी बताउँछन्। समूहगत खेलहरु फुटबल र भलिबलमा कडा चुनौती पेश गर्ने प्रदेशको दाबी छ।

corrent noodles
Metro Mart

प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एकदेखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ। सदस्य सचिव वाग्ले भन्छन्, 'नवौंको उद्घाटनअगाडि हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं। अलि पछाडि शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं।'

देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत् राष्ट्रिय प्रतियोगिता हो। खेलकुद विकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको हो। सोहीअनुरुप प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि ९ करोड १९ लाखको बजेट विनियोजन गरेको छ। अरु प्रदेशभन्दा फरक १ नम्बरले जिल्ला तहको छनोटदेखि नै खेलाडीहरुलाई ट्रयाक सुट वितरण गरेको थियो।

छनोटमा सहभागी सबै खेलाडीलाई १ हजार ६ सय भत्ता पनि वितरण गरिएको थियो। सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्रीदेखि अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन। सबैलाई समान १६ सय नै वितरण गरिएको छ।

राष्ट्रिय खेलकुद परिषदले निश्चित समयसीमा तोकेर सहभागी सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरे पनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेनन्। त्यसमा प्रदेश एक पनि अछुतो रहेन।

त्यसका लागि खेल स्थलहरुको खराब स्थिति र प्रदेश खेलकुदको नीतिहरु राम्ररी तयार हुन नसकेकोले पनि देखिएको हो। सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो।

राष्ट्रिय खेलकुद परिषद्ले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाइ भएको उनको भनाइ छ। यी चुनौतीहरु पार गर्दै प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ।

प्रकाशित: Sep 27, 2022| 13:45 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।