शनिबार, वैशाख २२, २०८१

संसद् ताकिरहेका छन् एमालेका यी युवा, तर सकारात्मक छैन नेतृत्व

‘अबको समयमा युवालाई अघि सानुपर्ने आवाजहरु उठ्न थालेका छन्, तर नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन,' एमालेका एक नेताले भने, ‘सिफारिसमा परेका प्राय: सबै उम्मेदवारहरु वैकल्पिक छन्, प्रमुख प्राथमिकतामा छैनन्।’
 |  सोमबार, असोज १०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, असोज १०, २०७९

काठमाडौं- युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज लामो समयदेखि उठिरहँदा देशको बागडोर उनै पुराना अनुहारको हातमा छ। यद्यपि, नेतृत्व लिन पछिल्लो समय युवा पुस्ता पनि सक्रिय रुपमा अघि सरेको छ। 

triton college

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा युवा तथा स्वतन्त्र उम्मेदवारले देशैभरि राम्रो नतिजा निकालेपछि आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा पनि युवाको आकांक्षा बढेको छ। स्वतन्त्र रुपमा धेरै युवाले उम्मेदवारी घोषणा गरेका छन् भने दलभित्र पनि युवालाई अघि सार्नुपर्ने आवाज अलि चर्को रुपमा उठ्न थालेको छ।

यस्तैमा नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को पहलमा केही युवा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएर आएका छन्। यी संगठनबाट ४० वर्षमुनिका युवा प्रतिनिधि र प्रदेशसभा उम्मेदवारका रुपमा सिफारिसमा परेका छन्। 

युवा संघ अध्यक्ष किरण पौडेल प्रतिनिधिसभातर्फ सिफारिसमा परेकामा अरु प्रदेशसभाका लागि सिफारिस भएका छन्। यता अखिलकी अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल भने प्रतिनिधिसभामा समानुपातिकबाट सिफारिसमा परेकी छन्।

प्रत्यक्षतर्फ युवा संघ अध्यक्ष पौडेल काठमाडौं-१ बाट सिफारिसमा परेका छन्। जिल्ला कमिटीले क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो। पौडेल भने समानुपातिकमा बस्नका लागि लबिङ गरिरहेका छन्। निर्वाचन आयोगमा बुझाएको बन्दसूची संशोधन गर्ने अवधि असोज १६ गतेसम्म छ।

corrent noodles
Metro Mart

युवा संघका विदेश विभाग उपप्रमुख प्रकाश लामिछाने पनि प्रत्यक्ष चुनावका लागि टिकट लिने लबिङमा छन्। लामो समयदेखि एमाले सम्बद्ध युवा संघमा रहेर काम गरेका उनलाई पर्वतको प्रदेशसभा 'क'बाट सिफारिस गरिएको हो। उनीसँगै एमालेका जिल्ला सचिव गोविन्द पहाडी, प्रदेश कमिटी सदस्य भक्त कुँवरको नाम सिफारिसमा छ।  

जिल्ला कमिटी कैलालीले युवा संघका विनय शाहलाई धनगढी (ख)बाट सिफारिस गरेको छ। उनीसँगै यज्ञराज ढुंगाना, दुर्गा जोशी, खेमराज पाण्डेको नाम एमालेले सिफारिस गरेको छ। 

युवासंघ उपाध्यक्ष सन्तोक्ष रावल म्याग्दीबाट सिफारिसमा परेका छन्। जिल्ला कमिटीले म्याग्दी १ (क)बाट उनको नाम सिफारिस गरेको छ। यही क्षेत्रबाट ४० वर्षमुनिका एमालेका अर्का नेता प्रकाश पौडेल पनि सिफारिसमा परेका छन्। अखिलका स्थायी कमिटी सदस्य पौडेलको नाम जिल्लाले सिफारिस गरेको हो। सोही स्थानका लागि एमाले म्याग्दी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी सिफारिसमा परेका छन्। 

युवा संघकै अर्का नेता अमित लामा काभ्रेबाट सिफारिसमा परेका छन्। उनीसँगै प्रदेशसभाका लागि एमालेले काभ्रे १ (क)बाट केशव बडाल, विदुर सापकोटा, इन्द्र खुलाल, शान्ता न्यौपानेलगायतको नाम पनि छ। 

अर्का नेता प्रकाश गौतम काठमाडौं-१ (क) बाट सिफारिस भएका छन्। उनीसँगै एमालेबाट रामप्रसाद खमगाई, श्यामलाल तण्डुकार, ध्रुव केसी, नारायण पौडेल र बलिभद्र राजभण्डारीको नाम सिफारिसमा छ।

‘अबको समयमा युवालाई अघि सानुपर्ने आवाजहरु उठ्न थालेका छन्, तर नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन,' एमालेका एक नेताले भने, ‘सिफारिसमा परेका प्राय: सबै उम्मेदवारहरु वैकल्पिक छन्, प्रमुख प्राथमिकतामा छैनन्।’

सिन्धुली-२ (ख)बाट युवासंघका पुष्प श्रेष्ठ, रामकुमार पौडेल, गणेश उप्रेती, उद्धव गुर्जेली राईसहित सिफारिस गरी पठाइएको छ। सिन्धुली-१ (क)बाट अखिलका सचिवालय सदस्य लालबहादुर बुढाथोकीको नाम सिफारिसमा परेको छ। यस क्षेत्रबाट एमालेका अन्य नेताहरु घनश्याम राउत, डम्बर कार्की र हरिहर थापा सिफारिसमा छन्।

यसैगरी अनेरास्ववियुका उपाध्यक्ष डीबी साउद अछाम-१ (क)बाट सिफारिसमा परेका छन्। यहाँबाट एमालेका अन्य नेताहरुमा बमबहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र सिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ।

संगठनका सचिवहरु डम्बर अधिकारी झापा-४ (क), मर्यादा विष्ट कञ्चनपुर-१ (ख) र सूर्य रोकाय बाँके-१ (ख) बाट सिफारिसमा परेका छन्। एमालेबाट झापा-४ (क)मा अधिकारीसँगै नीलकण्ठ तिवारी, राम ओली, भूपाल ओली, मोहनप्रसाद ओली, राजु कार्की, निर्मला गौतमलगायतको नाम सिफारिसमा छ। कञ्चनपुर-१ (ख) बाट मर्यादासहित राजेन्द्रप्रसाद जोशी र अक्कल विष्टको नाम पनि सिफारिस गरिएको छ भने बाँके-१ (ख) मा दुर्गा थारु, नरेन्द्र शर्मा र अनिता पौडेलको नाम पनि सिफारिसमा परेको छ।

यसैगरी अखिलका स्थायी कमिटी सदस्य खुमराज कार्की काठमाडौं-६ (ख)बाट सिफारिसमा छन्। उनीसँग कृष्णप्रसाद अधिकारी, विश्वनाथ लामिछाने, सावित्रा शर्मालगायतको नाम सिफारिसमा छ। 

एमाले सम्वद्ध यी दुई संगठनले ४० वर्षमुनिका सिफारिसमा परेका यी उम्मेदवारलाई टिकट दिलाउन लबिङ गरिरहेका छन्। सिफारिसमा परेका अधिकांश नेता टिकटका लागि काठमाडौंमा सक्रिय भएर लबिङ गरिरहेका छन्। एमालेभित्रै पनि स्थानीय निर्वाचनमा युवाहरुले जितेको र आम निर्वाचनमा पनि स्वतन्त्र युवाहरु प्रतिस्पर्धामा उत्रिन लागेका कारण युवालाई अघि सार्नुपर्ने एक पक्षको धारणा छ। 

नेतृत्वले भने युवालाई विकल्पमा राखे पनि प्राथमिकतामा राखेको देखिन्न। ‘अबको समयमा युवालाई अघि सानुपर्ने आवाजहरु उठ्न थालेका छन्, तर नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन,' एमालेका एक नेताले भने, ‘सिफारिसमा परेका प्राय: सबै उम्मेदवारहरु वैकल्पिक छन्, प्रमुख प्राथमिकतामा छैनन्।’ ती नेताका अनुसार अनेरास्ववियु अध्यक्ष सुनिता बराललाई झापाबाट समानुपातिक र युवासंघ अध्यक्ष किरण पौडेललाई काठमाडौं–१ को टिकट दिने सम्भावना रहेको छ। 

प्रकाशित: Sep 26, 2022| 13:40 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...