शनिबार, मंसिर २३, २०८०

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।
 |  आइतबार, असोज ९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन। समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो। जतिबेला स–साना वालवालिका पढ्ने विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप बढ्दै गयो, नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ नाराको साथ आफूलाई अघि बढायो। मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फँसेको बेला ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउहरुमा संगीतको मलम दल्ने प्रयत्न गर्यो। 

sagarmatha cement

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

विशेषगरि घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानसिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ। वास्तविक रुपमा सहयोगापेक्षी भइ मुलुकका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नु नपर्ने अवस्था निर्माण गर्दै अबको तीन वर्षमा यस संस्थाले सिंगो मुलुकलाई सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ। त्यसै उद्देश्यबाट प्रेरित भएर नेपथ्यले मानव सेवा आश्रमसँग सहकार्यको निधो गरेको हो।

यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ। यस अभियान अन्तर्गत नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शिर्षक नै ‘म्यूजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताको लागि संगीत राख्ने निर्णय समेत गरेको छ।

हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लाहरुमा २३ वटा केन्द्र संचालन गरिरहेको छ। यि केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन्। यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानशिक तथा शारिरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुले आश्रय पाइरहेका छन्। उद्धार गरेर ल्याएकै क्षणदेखि खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानशिक परामर्श अनि तालिमसम्म दिएर उनीहरुको अवस्थामा सुधार ल्याउने कामहरु हुँदैआएका छन्। परिवारसँग अलग्गिएकाहरुलाई फेरि परिवारमै पुनस्र्थापना गरिदिनुका साथै पुनस्र्थापित हुननसकेकाहरुलाई आत्मनिर्भर बनाइदिने सम्मका काम यो संस्थाले गर्दैआएको छ। साथै यसले टुहुरा तथा अनाथहरुका क्षेत्रमा पनि सेवा दिँदै आएको छ। 

Metro Mart
worldlink

आफ्नो लगाव र सुकर्मबाट आफू कार्यरत ठाउँहरुमा उच्च सामाजिक सम्मान बटुल्न सफल यो संस्था अब स्वयंलाई मुलुकभर विस्तार गर्न चाहन्छ। यसै उद्देश्यका निम्ति नेपथ्यले आवाज बनिदिने मात्र नभइ कन्सर्टहरु मार्फत् अर्थ संकलनमा समेत हातेमालो गर्नेछ।

‘नेपाली समाजले जसरी नेपथ्यलाई मनपरायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानशिक सन्तुलन गुमाएकाहरुको संख्या बढेको देख्थ्यौं। यिनीहरुको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो।’

'यसै क्रममा एउटा संस्थाले उनीहरुको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो', अमृत भन्छन्। ‘अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु,’ अमृतले थपे, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३ सय ६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २८ सय २३ जनालाई उनीहरुको परिवारमा पुनस्र्थापित गराइसकिएको छ। अहिले पनि यसका केन्द्रहरुमा करिब १५ सय उद्धार गरिएका मानिसहरुले सेवा प्राप्त गर्दैआइरहेका छन्। त्यसैगरि आश्रमअन्तर्गत दुइ सयभन्दा बढी पूर्णकालीन तथा अल्पकालीन स्वयंसेवीहरु परिचालित छन्। 

नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास यसका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले लिएका छन्। ‘मानव सेवा आश्रममा स्वस्फूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवं हितचिन्तकहरु परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,’ अधिकारी भन्छन्, ‘किशोरवय भन्दा माथिका बढीभन्दा बढी तन्नेरीहरुलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याउने छ भन्ने कुरामा म आश्वस्त छु।’

नेपथ्यसँगको सहकार्य जुटेपछि आफूहरुको मनोबल अत्यन्तै उच्च बन्नपुगेको अध्यक्ष अधिकारीले बताए। ‘साँगीतिक क्षेत्रमा लागेका संस्थाहरुमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण हामीले यो ब्याण्डसँग सहकार्यका लागि हौसिएका हौं,’ अधिकारी भन्छन्, ‘त्यसमाथि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको जीवनशैली र उनको सामाजिक छविबाट पनि हामी प्रभावित भयौं।’

प्रकाशित: Sep 25, 2022| 17:13 आइतबार, असोज ९, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।