शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको दशैं बहार क्यासब्याक उपहार योजना सार्वजनिक

सिद्धार्थ बैंकको दशैं बहार क्यासब्याक उपहार योजना सार्वजनिक

सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाडदसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९
National life
Shivam cement

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाडदसैँको अवसर पारी ग्राहकलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले आश्विन ८ गते देखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले यहि आश्विन ८ गते देखि १४ गते सम्मबैंकको डेबिट कार्ड प्रयोग गरीपहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २०५ ९अधिकतम रु. २००० क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ।

प्रकाशित: Sep 25, 2022| 16:58 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्