शनिबार, जेठ ३०, २०८३

बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट जारी

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ अफर सञ्चालन गरेको छ ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९
National life
Shivam cement

काठमाडौं- हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ अफर सञ्चालन गरेको छ । यही असोज ७ देखि सुरु गरिएको अफर असोज १० गतेसम्म चल्नेछ । अफरअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् ।

यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुका साथै प्रचलित बजार भ्यालुएसनभन्दा सात हजार रुपैयाँ थप मूल्य पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

सरल किस्ताबन्दी र न्यूनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरूले सात हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एकजना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरू जित्न सक्नेछन् ।

प्रकाशित: Sep 25, 2022| 16:56 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्