ललितपुर- मेट्रो मार्केटले ललितुरको सानेपामा नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ। सुपरमार्केटको व्यवसाय सुरु गरेको छोटो सयममा नै मेट्रोमार्केटले दोस्रो शाखा असोज १० गतेदेखि ललितपुरको सानेपामा सञ्चालनमा ल्याउन लागेको हो।
सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको व्यवस्ततालाई दृष्टिगत गरी एउटै छानामुनि १० हजारभन्दा बढी प्रकारका वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने मेट्रो मार्केट ग्राहकबीच लोकप्रिय बनेकाले छोटो समयमा नै शाखा विस्तार गर्न आफूहरू सफल भएको व्यवस्थापनले बताएको छ। मेट्रोले महिलाका आवश्यकता र दैनिकीसँग जोडिएको वस्तुलाई पनि प्राथमिकतामा राखेको छ।
मेट्रो मार्केटको पहिलो शाखा गत वर्ष फागुन २७ गतेदेखि काठमाडौं पेप्सीकोलास्थित सनराइज चोकमा सञ्चालनमा आएको थियो। राजधानीका विभिन्न २० स्थानमा आउटलेट सञ्चालनमा ल्याउने उद्देश्य रहेको सीईओ सिंह बताउँछन्। अन्य मार्केटभन्दा फरक बनाउने कम्पनीको योजना छ।
मेट्रोमार्केटमा खाद्यान्न, तरकारी, माछामासुदेखि लत्ताकपडासम्मका वस्तु किन्न पाइने छ। खाद्यान्न, बेकरी, ताजा फलफूल र तरकारी, फ्रोजन मासु, मदिरा, बच्चाका लत्ताकपडा, जुताचप्पल महिलाको नाइट ड्रेसलगायतमा घरायसी भान्सामा प्रयोजन प्रयोग हुने सम्पूर्ण सामान यस आउटलेटबाट खरिद गर्न सकिने छ।