मंगलबार, असोज ६, २०८३

हाइल्याण्ड डिस्टिलरीको ‘यती’ भोड्का बजारमा

अल्ट्रा प्रिमियम हिृवस्की ‘बन्दीपुर’ र ‘गोर्खाज एण्ड गन्स’ उत्पादक कम्पनी हाइल्याण्ड डिस्टिलरीले यती नामक भोड्का बजारमा ल्याएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं– अल्ट्रा प्रिमियम हिृवस्की ‘बन्दीपुर’ र ‘गोर्खाज एण्ड गन्स’ उत्पादक कम्पनी हाइल्याण्ड डिस्टिलरीले यती नामक भोड्का बजारमा ल्याएको छ। आकर्षक बोतल र ‘फंकी’ लेबलका कारण नयाँ भोड्काले उपभोक्ताको ध्यान तान्न सक्ने कम्पनीको दाबी छ।

बन्दीपुर र गोर्खाज एण्ड गन्सको सफलतापछि आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको उच्च गुणस्तरको भोड्का उपलब्ध गराउन यती भोड्का ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यती भोड्का स्विट्जरल्याण्डको प्रविधिबाट उत्पादित हो। सात सय ५० एमएल, तीन सय ७५ एमएल र एक सय ८० एमएलको मूल्य क्रमशः दुई हजार दुई सय रुपैयाँ, एक हजार एक सय रुपैयाँ र पाँच सय ५० रुपैयाँ रहेको छ।

प्रकाशित: Sep 25, 2022| 13:58 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्