शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा मनी ट्रान्सफरले ल्यायो डिजिटल रेमिट्यान्स 'मेरो डिजिटल देश' अभियान

इसेवा मनी ट्रान्सफरले ल्यायो डिजिटल रेमिट्यान्स 'मेरो डिजिटल देश' अभियान

इसेवा मनी ट्रान्सफरले विदेशबाट घरपरिवार तथा आफन्तलाई पैसा पठाउँदा काठमाडौंमा घर उपहार जित्न सकिने अफर ल्याएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- इसेवा मनी ट्रान्सफरले विदेशबाट घरपरिवार तथा आफन्तलाई पैसा पठाउँदा काठमाडौंमा घर उपहार जित्न सकिने अफर ल्याएको छ। डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियान ल्याएको हो।

National life

डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क पनि कम्पनीले कम गरेको छ। मुख्य कार्यालय ललितपुरको पुल्चोकस्थित एफवन सफ्ट टावरमा पत्रकार सम्मेलन गर्दै इसेवा मनी ट्रान्सफरले यो अभियान सार्वजनिक गरेको हो।

यो अभियान असोज ७ बाट सुरु भएर आगामी फागुन ६, सम्म रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो।

साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ।

यो अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो कोहीले पनि सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। 

Shivam cement

यो अभियानमा मासिकरूपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने छन्। इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले आर्थिक विकासबिना कुनै पनि राष्ट्र समुन्नत नबन्ने भएकाले यो अभियान ल्याइएको बताए। 

प्रकाशित: Sep 25, 2022| 12:57 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्