मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनी सुपरमार्केटमा नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

भाटभटेनी सुपरमार्केटमा नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाट–भटेनी सुपरमार्केटमा नेपालपेको क्यूआर स्क्यान सेवा सुरु भएको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाट–भटेनी सुपरमार्केटमा नेपालपेको क्यूआर स्क्यान सेवा सुरु भएको छ।

शुक्रबारबाट नेपालपे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएका कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपीएस मार्फत स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

हाल यो सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध छ।


प्रकाशित: Sep 25, 2022| 12:45 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्