काठमाडौं- भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। भिभोले वाई २२ एस र वाई १६ सार्वजनिक गरेको छ। भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित रहेको भिभोले जनाएको छ।
पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन रहेको छ। नेपालमा वाई सिरिजले धेरै माया पाएको र युवाहरूको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको भिभो नेपालका सीईओ माइकलले बताए। ‘प्रयोगकर्ताहरूले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौँ,’ उनले भने, ‘स्टाइलिस डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई १६ र वाई २२ एस ग्राहकहरूको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ।’
वाई २२ एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीबी र्याम र १२८ जीबी रोम रहेको छ। वाई २२ एस एआई पावर-सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५ हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ।
यो ५० एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८ एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्बिरहरू लगातार क्लिक गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको कम्पनीको भनाइ छ।
वाई १६ ले केही प्रभावशाली स्पेसिफिकेसनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ। वाई १६ को एपिअरेन्स आकर्षक रहेको छ। यो स्मार्टफोन ४ जीबी र्याम र ६४जीबी रोम भेरियन्टमा आउँछ। यसमा भएको मिडियाटेक हेलियो पी ३५ अक्टा-कोर प्रोसेसरले सहज मल्टी-टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ। वाई १६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक सटहरू रहेका छन्।
वाई २२ एसको मूल्य २७ हजार ९९९ रुपैयाँ र वाई १६ को मुल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ