शनिबार, जेठ ३०, २०८३

बाराको टाँगियाबस्तीमा बल्यो बिजुली

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । 

National life

प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाँगिया बस्तीबासी अध्यारोमा बस्न बाध्य थिए।

नेपाल विद्युत प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्‍याएर शनिबारबाट टाँगियाबस्तीमा वत्ति बलिएको हो। टाँगियाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो। टोलीले टाँगियाबस्तीलाई अध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो।

ऊर्जा मन्त्रालयले  विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो।

Shivam cement

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको बताए।

प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ। रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ। टाँगियाबस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान बितरण ट्रान्सफर्मर जडान गरिएको छ।

प्रकाशित: Sep 25, 2022| 11:50 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्