शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९

काठमाडौं- ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका-२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो।

National life

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिए। 

हराएको वास्तविक नम्बर बागमती प्रदेश०२–०२८प ७७८५  भए पनि उक्त नम्बर परिवर्तन गरी बा९०प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ। उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ। 

भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 25, 2022| 08:00 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।