आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ असोज ९]

आज २०७९ असोज ९ गते तदनुसार २५ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण औंसी पञ्चाङ्ग: शुभ चतुष्पद उत्तर , औंसी श्राद्ध/ पितृ विसर्जन/विश्व।
 |  आइतबार, असोज ९, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

आइतबार, असोज ९, २०७९

vianetvianet

आज २०७९ असोज ९ गते तदनुसार २५ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण औंसी पञ्चाङ्ग: शुभ चतुष्पद उत्तर , औंसी श्राद्ध/ पितृ विसर्जन/विश्व।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरुको लागि आज शुभ समय रहेको छ। प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ। साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ। प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ। 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिको लागि बिहानको समय केहि नराम्रो रहेकाले खर्च हुने, विवाद हुने रहेपनि त्यदिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। प्रेम जीवनमा रहेकाहरुको प्रेमीप्रेमिकाको साथ घुमघाम तथा राम्रो समय व्यतित हुन सक्छ।  परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। 

National life insurance

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज  समय शुभ छैन।  ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। सामान हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्च बढ्न सक्छ। आर्थिक सङ्कटले मनमा अशान्ति  हुने छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।  टाढाको यात्रा फलदायी हुँदैन।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज समय शुभ छ।  नयाँ काममा हात हाल्ने समय छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय भरपर्दो रहनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ। नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन। मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ। नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ। मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ। प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ। आत्मबल बढ्ने छ। शत्रुहरू पराजित हुनेछन्। मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ। समाजसेवाका कामबाट लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज  समय शुभ छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज  समय शुभ छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ। आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ।  धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज पनि समय शुभ छैन। सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ। व्यवहारिक काममा  यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ। नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुन सुरु हुन सक्छन्।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित: Sep 25, 2022| 06:46 आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।