मंगलबार, असोज ९, २०८०

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।
 |  शनिबार, असोज ८, २०७९
averest bankaverest bank

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शनिबार, असोज ८, २०७९

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय सम्मेलनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङबारे अप्रत्याशित र अस्वभाविक समाचारहरु विशेषगरी भारतीय र केही पश्‍चिमा सञ्‍चारमाध्यममा प्रकाशन-प्रसारण भइरहेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको हरेक ५ वर्षमा हुने राष्ट्रिय सम्मेलनबाट पार्टी महासचिवसमेत राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गर्ने करिब निश्‍चित भएको भन्दै चिनियाँ सञ्‍चारमाध्यमहरुले दाबी गरिरहेको समयमा यस्ता अप्रत्याशित समाचार आएका हुन्। 

sagarmatha cement

इन्टरनेटमा सीबारे समाचारहरु खोजी गर्दा अधिकांश भारतीय सञ्‍चारमाध्यमहरुमा सी जिनपिङलाई घरमै नजरबन्दमा राखिएको अथवा चीनमा सैन्य कू गरिएको आशंका गरिएका समाचार भेटिन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरुले सीलाई चिनियाँ जनमुक्ति सेनाको प्रमुखबाट हटाएर नजरबन्दमा राखेको अपुष्ट समाचार पनि आइरहेका छन्। अधिकांश भारतीय सञ्‍चारमाध्यमहरुले चिनियाँ पूर्वराष्ट्रपति हु जिन्ताओ र पूर्वप्रधानमन्त्री वेन जियाबाओको सहयोगमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका पूर्व सदस्य १०५ वर्षीय सोङ पिङले केन्द्रीय सुरक्षा व्युरोलाई नियन्त्रणमा लिएको हुनसक्ने जनाएका छन्। 

यस्ता समाचारहरुमा सीलाई सेप्टेम्बर १६ मा उज्बेकिस्तानमा भएको सांघाई को-अपरेसन अर्गनाइजेसनबाट फर्किने क्रममा सीलाई विमानस्थलबाट नै नियन्त्रणमा लिइएको र नजरबन्दमा राखिएको जनाइएको छ। तर, यसबारे चिनियाँ सञ्‍चारमाध्यम भने यो विषयमा मौन छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने २३ सेप्टेम्बरमा एक समाचार प्रकाशन गर्दै राष्ट्रपति सीले चाइना न्युज सर्भिसलाई उसको ७०औं वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गरेको जनाएको छ। समारचारमा भनिएको छ, 'चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले बहस प्रणाली र अन्तर्राष्ट्रिय सञ्‍चार क्षमता सुधार गर्नुपर्ने उल्लेख गर्दै समाचारको प्रभावकारितालाई बढाउनुपर्नेमा जोड दिनुभएको छ।'  ७०औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीले पठाएको बधाई पत्र पढेर सुनाइएको समाचारमा उल्लेख छ। 

यद्यपि चिनियाँ सञ्‍चामाध्यमका रिपोर्टहरुलाई नै आधार मान्‍ने हो भने पनि चिनियाँ राष्ट्रपति सी भने सेप्ट्म्बर १६ मा उज्बेकिस्ताबाट फर्किएपछि सार्वजनिक रुपमा देखिएका छैनन्। १६ सेप्टेम्बरमा उज्बेकिस्तामा भएको सांघाइ को-अपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनको औपचारिक समापन भएपछि उनी स्वदेश फर्किएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

प्रकाशित: Sep 24, 2022| 21:56 शनिबार, असोज ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्