बुधबार, असार ३, २०८३

जुम्लामा स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ। यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

जुम्ला- जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेपनि बजारमा उचित मूल्य पाउन सकेको छैन। यहाँको पातारासी गाउँपालिका-६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन भएको बताए। 

National life

बारीको स्याउले ५० रुपैयाँभन्दा बढी प्रतिकिलो मूल्य पाउन नसकेको उनले बताए। स्याउ गतवर्ष भन्दा यो वर्ष राम्रो फलेको छ। बजारमा मूल्य छैन बारीमा झण्डै तीन सय स्याउका बिरुवामा फल लागेको छ। 

करिब १० क्वीन्टल स्याउ त प्रतिकेजी २० रुपैयाँमा बेचेको उनको भनाइ छ। जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ। यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ।  

किसान रतन रावतले भने, 'बर्सेनि स्याउको बजार खोज्नुपर्छ। सरकारले स्याउ उत्पादन मात्र गर भन्छ। बजारीकरणमा सहयोग गर्दैन।' जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ पछि मात्र स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो। किसानले साउनमै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको बजार खस्केको स्थानीय स्याउ व्यापारी बताउँछन्। 

स्याउमा लागेको रोग कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाको गहन अध्ययन हुनुपर्ने स्याउ किसान अर्जुन न्यौपानेको भनाइ छ।  स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या भए पनि रोग कीरा नियन्त्रणको काम कृषि प्राविधिकको भएको स्थानीयवासी धनबहादुर थापाले जानकारी दिए।

Shivam cement

स्याउ सुपरजोनका बागवानी अधिकृत विवशकुमार रोकायाले स्याउमा लागेको रोग नियन्त्रणमा कार्यालय लागेको जानकारी दिए। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार दुई सय हेक्टरमा स्याउ खेती हुने गरेको छ। यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ। स्याउबाट चालु आवमा झण्डै ५० करोड रुपैयाँ आम्दानी हुने कार्यालय प्रमुख गणेश अधिकारीले बताए। जुम्ली स्याउको बजारीकरणका लागी स्याउ महोत्सव भएको थियो।   -रासस 

प्रकाशित: Sep 24, 2022| 16:15 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्