शुक्रबार, असार ५, २०८३

प्रदेश १ मा १२ हजार बढी उद्योग प्रतिष्ठान

केन्द्रीय तथ्यांक विभागले बुधबार विराटनगरमा प्रदेश १ स्तरीय नतिजा सार्वजनिक गरेको हो।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९
National life
Shivam cement

मोरङ–राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार विराटनगरमा प्रदेश १ स्तरीय नतिजा सार्वजनिक गरेको हो। नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार २२५ उद्योग प्रतिष्ठान रहेको बताए।

उनका अनुसार देशभर ६० हजार १८५ औद्योगिक प्रतिष्ठान छन्। विभागका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १८ हजार ३३३, लुम्बिनी प्रदेशमा १० हजार ५०८, मधेस प्रदेशमा ७ हजार २७९, गण्डकी प्रदेशमा ६ हजार ८१८, सुदूरपश्चिममा ३ हजार ३८७ र कर्णाली प्रदेशमा १ हजार ६३५ उद्योग प्रतिष्ठान छन्।

देशभरका उद्योग प्रतिष्ठानले ३ लाख ८१ हजार ६८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ। यी उद्योग प्रतिष्ठानले तलब भत्ताबापत वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३३ हजार भुक्तानी गरिरहेको सर्वेक्षणमा उल्लेख छ।–रासस

प्रकाशित: Sep 24, 2022| 12:46 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्