काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन्।
ललितपुरको बखुम्वहालस्थित जोशी निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाह गर्न आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता बताएका छन्।
मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोकसाहित्य परिषद् भवनको अवलोकन गरे। परिषद् भवनमा जोशीले संकलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ। भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्रसमेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए। ३० वैशाख १९७७ मा ललितपुरको बखुम्वहालमा जन्मिएका जोशी उमेरले १०३ वर्ष पुगिसकेका छन्।