बुधबार, असार ३, २०८३

चितवन, पोखरा र दमौलीका तीन उद्योग कारबाहीमा

उपभोक्ता हितविपरित खाद्यान्‍न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन्। अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- उपभोक्ता हितविपरित खाद्यान्‍न उत्पादन गर्ने उद्योग कारबाहीमा परेका छन्। अर्को एक उद्योगको मुद्दा विचाराधिन अवस्थामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ। 

National life

बजार अनुगमनको क्रममा उपभोक्ता हितविपरित काम गर्ने व्यास–२ दमौलीस्थित सृष्टि एण्ड सितल बेकरी उद्योग र पोखरा–१ कास्कीको लक्ष्मी एण्ड सन्तोष दालमोठ उद्योग कारवाहीमा परेका छन्। भरतपुर–१ चितवनस्थित कुँवर एण्ड ब्रदर्श ग्रुपको मुद्दा विचाराधिन अवस्थामा छ।

बेकरी उद्योगका सञ्चालक राममाया कुमाल र मुजफ्फरपुर भारत घर भई हाल दमौली बस्ने सोनेलाल सहनीलाई जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ५ गते जनही रु १५/१५ हजार जरिवाना गरेको थियो। बेकरी उद्योगले आफ्नो उत्पादनमा अर्को लेबल प्रयोग गरेको, उद्योग नवीकरण नगरेको, सरसफाइ नगरेको कसुरमा डिभिजन कार्यालयले भदौ ५ गते ४०/४० हजार रुपैँया जरिवाना माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।

तनहुँमा गरिएको बजार अनुगमनको क्रममा दालमोठमा लेवल नराखिएको भेटिएपछि पोखरा–१ कास्कीमा रहेको लक्ष्मी एण्ड सन्तोष दालमोठ उद्योगलाई रु पाँच हजार जरिवाना गरिएको छ। डिभिजन कार्यालयले कारवाही माग गर्दै भदौ १ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा मुद्दा दायर गरेको थियो। 

उपभोक्ता हितलाई प्राथमिकतामा राखेर आफूले खाद्य, दाना, बजार, उद्योग, होटलको अनुगमन तीव्र पारेको र कैफियतको शङ्का लागे नमूना संकलन गरी परीक्षणको लागि पठाइने डिभिजन कार्यालयका प्रमुख प्रशान्त पोखरेलले बताए। 

Shivam cement

आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता अधिकार हनन गर्ने शुक्लागण्डकी नगरपालिका–६ शुक्लास्थित कृष्ण पाउरोटी उद्योगलाई रु पाँच हजार, भिमादनगरपालिका–६ भिमादस्थित अभिषेक बेकरी उद्योगलाई रु सात हजार पाँच सय, भक्तपुरस्थित क्षितिज पुष्टकारी उद्योगलाई रु एक हजार, भरतपुरस्थित ग्लोबल एग्रो प्रोडक्ट्सलाई रु ३० हजार, भरतपुरकै कुँवर एण्ड ब्रदर्श ग्रुपलाई रु १० हजार र नवरपुरस्थित सरस्वती डेरी उद्योगलाई रु तीन हजार जरिवाना गरिएको थियो। बजारमा कुनै खाद्यान्नमा कैफियत देखिए आफूले प्रमुख जिल्ला अधिकारी समक्ष कारबाही माग गर्दै मुद्दा दायर गरिने कार्यालय प्रमुख पोखरेलले बताए। 

गत आर्थिक वर्षमा एक सय ७७ खाद्य नमूना र १३ वटा दानाको नमूना परीक्षण गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो वर्ष २४ वटा उद्योग, खाद्य अनुगमन ५० वटा र आठ वटा दाना बजारको अनुगमन गर्ने लक्ष्य रहेको छ। २०७५ साल कात्तिक १५ गतेदेखि दमौलीमा सेवा सुरु गरेको कार्यालयको तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वीनवरपरासी समेतमा क्षेत्र पर्दछ। कार्यालयमा हाल एक कार्यालय प्रमुख, दुई जना प्राविधिक सहायक, एक कार्यालय सहयोगी गरी चार जना छन्।

उपभोक्ता अधिकार हनन् गर्ने छुट कसैलाई नभएकोले खाद्य उत्पादक उद्योग विशेष सतर्क रहनुपर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए। 'उपभोक्ताहितमा खाद्य उद्योग विशेषगरी गम्भीर बन्न जरुरी छ”, प्रजिअ अर्यालले भने, 'उपभोक्ता हितविपरितको गतिविधि देखिए सङ्लग्न उद्योगी कारबाहीको भागिदार हुनुपर्दछ।' बजारमा कुनै खाद्यान्नमा कैफियत र शङ्का देखिए जानकारी दिने दायित्व र जिम्मेवारी आम नागरिकको पनि भएकाले नागरिक सचेत रहनुपर्नेमा उनले जोड दिए। 


प्रकाशित: Sep 23, 2022| 20:00 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्